mainpageads

मुन्द्रे र तक्मेबुढो जापानमा


गल्कोट समाज जापानको आयोजनामा टोकियोको कामता स्थित इकीयामी हलमा भएको सांगितिक धमाका नामक कार्यक्रममा जीतु नेपालले दर्शकलाई पेट मिचीमिची हसाए । उनले नेपालको समसामयिक राजनीती माथि ब्यंग्य गर्दै दर्शकबाट हासोका फोहोरा छुटए ।  कार्यक्रममा टिका पुन, विष्णु खत्री, बसन्त थापा तथा स्थानीय कलाकराको प्रस्तुती थियो । कार्यक्रममा  विष्णु खत्रीको प्रस्ुतती पनि  निकै जम्यो । आयोजक संस्थाका बाबुराम सापकोटाले विगतको तुलनामा कार्यक्रम निकै उत्कृष्ट भएको बताए । कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा मदन भट्टराई एनआरएन जापानका अध्यक्ष ओम गुरुङ  लगायतको सहभागीतारहेको  थियो ।

टोकीयोमै भएको १७ औ लांघाली साँझमा तक्मे बुढोको रुपमा ख्याती कमाएका  विल्सनबिक्रम राईले तक्मे बुढोको रुपमा स्टेजमा उत्रेर दर्शकलाई पेटमिचीमिची हसाए  ।  सो कार्यक्रम उनको प्रस्तुती सर्वाधिक रुचाइयो ।  उनले एकल हास्य प्रस्ुततीको अलावा नृत्य समेत गरेर दर्शकलाई मनोरन्जन दिलाए । मगर सेवा समिती जापानले आयोजना गरेको  यो कार्यक्रममा संगीता थापा मगर र  रामजी खाँड ले आआफ्ना सांगितिक प्रस्तुती मार्फत उपस्थित नेपाली दर्शकलाई मनोरन्जन दिलाए



0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts