mainpageads

अनैतिक सम्बन्ध राखेको भन्दै देवर-भाउजु गाउँ निकाला

अनैतिक सम्बन्ध राखेको भन्दै अयोध्यानगरका विवाहिता महिला र युवकलाई स्थानीयले गाउँ- निकाला गरेका छन्। पञ्चायतीका पञ्चहरूले बिहीबार दुवैलाई केस मुण्डन गरेर कालोमोसो र जुत्ता-चप्पलको माला लगाई गाउँ-निकालाको निर्णय गरेका हुन्। निकाला गरेपछि नातामा देवरभाउजू पर्ने उनीहरू दुई दिनदेखि विष्णुपुरकट्टीस्थित केटापक्षको आफन्तको घरमा शरण लिएर बसेका यहाँस्थित मानवअधिकार सञ्जालले जनाएको छ।


अयोध्यानगर-९ मा बसेको पञ्चायतीले विवाहिता रामकुमारी (नाम परिवर्तन) ले नातामा देवर पर्ने अविवाहित युवकसँग अनैतिक सम्बन्ध राखेको भन्दै जुत्ताको माला लगाएर गाउँ निकाला गरेको मानवअधिकार रक्षक देवकुमारी महराले बताइन्। केस काटेर, जुत्ताको माला लगाएर दिनदहाडै अमानवीय रूपमा सडकमा घुमाउँदा पनि प्रहरी रमिते बनेको अधिकारकर्मी सुनिलकुमार साहले आरोप लगाए। सञ्जालले शनिबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ, 'इलाका प्रहरी कार्यालय गोलबजारका सई नेतृत्वको टोली पञ्चायती भएको ठाउँमा थियो। जुत्ताको माला र गाउँ निकालाको निर्णयपछि टोली त्यहाँबट निस्केको थियो।'

घटनाबारे त्यस क्षेत्रका सई जानकार रहेका महिला अधिकारवादी महराले बताइन्। उनले भनिन्, 'पीडितले प्रहरी गुहार्दा समाजको निर्णय भएकाले कसैले काट्न सक्दैन भन्दै फर्कायो।'

ज्यादती गर्नेमाथि प्रहरीले कारबाही नगरेको पीडित महिलाको भनाइ छ। उनले भनिन्, 'पीडिकलाई कारबाही त परै जाओस्, अझै आफ्नै ज्यानको खतरा छ। शंकाकै भरमा समाजका सीमित मान्छेले गरेको फैसलालाई प्रहरी प्रशासनले समर्थन गर्‍यो, अब कोसँग न्यायको आस गर्नु।'

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी कृष्णहरि शर्माले महिलालाई दुव्यर्वहार गरी गाउँ निकाला गर्नेमध्ये राजेन्द्र यादवलाई पक्राउ गरी जिल्ला अदालतवाट म्याद थप गरेको जानकारी दिए । पाँचजना अझै फरार रहेको उनले बताए।

राष्ट्रिय महिला आयोगकी सदस्य मानो अन्सारीले भनिन्, ' प्रहरीको रवैया हेर्दा जंगली राज्यजस्तो लाग्यो। समाजलाई यस्तो फैसला गर्ने अधिकार छैन।' घटनाका नाइके भनेर पुष्पलाल तामाङको नाम आएको उनले बताइन् ।

वैशाखदेखि असोजसम्म सिरहामा ६३ वटा महिला हिंसाका घटना भएको छन्, जसमध्ये यौन
शोषणका २, बहुविवाहका ८, बोक्सीका ३, बलात्कारको एका र बाँकी घरेलु हिंसाका छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts