mainpageads

मृत्युदण्ड सुनाइएका घलेको गीत रेकर्ड गर्ने इच्छा



२६ पुस, क्वालालम्पुर । मलेसियाली अदालतले मृत्युदण्डको सजायँ सुनाएपछि जीवनरक्षाको याचना गर्दै जेल जीवन बिताइरहेका नेपाली नागरिक हरिवहादुर घलेलाई ११ बर्षपछि बहिनीले भेटेकी छिन् ।
नेपाली राजदूतावास क्वालालम्पुरको सहयोगमा काजाङ जेलमा रहेका घलेलाई वुधवार दिउँसो तीन वजे सरलाले भेटेकी हुन् ।
भेटमा दाजुले आफ्नो भन्दा पनि परिवार र देशको वारेमा निकै चासो राखेको सरलाले बताइन् । आफुलाई वचाउन भैरहेको प्रयासमा नेपाल सरकार र नेपाली जनसमुदायलाई निकै सम्भिmएको र सवैलाई धन्यवाद दिएको सरलाले वताईन । मलेसियासँग नेपालले सुपुर्दगी सन्धी गरे/नगरेको र आफु रिहा भएर नेपाल जान पाउने सम्भावना रहे/नरहेको बारे उनले बहिनीलाई सोधेका थिए ।
‘एघार वर्षको पहिले जस्तो हुनुहुन्थ्यो अहिले त्यस्तै हुनुहुँदो रहेछ’ सरलाले अनलाइनखबरसँग भनिन- ‘रोइधोई गरेर दुःख देखाउनुभएन, उस्तै हँसिलो अनुहारमा कुरा गर्नुभयो ।’
आफुले जेलमा वस्दा गीतहरु लेखेको र त्यो गीतलाई रेकर्ड गराउने सोँच रहेको घलेले बताएका थिए । एघार बर्षे जेल बसाईमा आफुले धेरै गीत लेखेको उनले बताएका थिए । आफु मरे पनि आफ्ना गीतहरु रेकर्ड होउन भन्ने उनको चाहना रहेको घलेले बताएका थिए । घलेलाई वहिनी सरलाले एउटा किताव, कलम र चिठीसमेत दिएकी छन् ।
२००१ सालमा मलेसिया छिरेका नुवाकोट वर्सुचेतका हरिवहादुर घले मलेसियाको तीन वर्षे वसाई सकेर नेपाल र्फकन लाग्दा २००३ मे ३० तारिखका दिन लागूपदार्थ कारोबार गरेको आरोपमा क्वालालम्पुरको एक होटलमा पक्राउ परेका थिए । लामो समयसम्मको अदालती प्रकृयापछि गएको असोज १० गते सर्वोच्च अदालतले घलेलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
मृत्युदण्डको सजाय सुनाईएपछि मुद्दा हेरिरहेका वकिलले पाटन वोर्डमा अपिल गरेका थिए भने नेपालवाट प्रधानमन्त्रिले मलेसियाका प्रधानमन्त्रिलाई पत्र पठाउनु भएको थियो । प्रधानमन्त्रिको पत्रको सम्वन्धमा मलेसिया सरकारले भने जवाफ नपठाएको दुतावास श्रोतले वताएको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts