mainpageads

एप्पलको नाफा १३ अर्ब डलर, शेयरको भाउ भने घट्यो

कम्प्युटर निर्माता अमेरिकी कम्पनी एप्पलले गएको वर्ष १३ अर्ब अमेरिकी डलर भन्दा बढि मुनाफा आर्जन गरेको छ । गएको आर्थिक वर्ष १३ अर्ब १० करोड मुनाफा आर्जन भएको तथ्यांक सार्वजनिक गर्दै एप्पलले यो अवधिमा आइफोनको बिक्री २८ प्रतिशतले बढेको तथा आइप्याडको बिक्रि ४८ प्रतिशतले बढेको जनाएको छ । यो अवधिमा एप्पलले १ खर्ब ६० अर्बको व्यापार गर्यो ।
प्रविधिको दुनियामा विश्वमै सबैभन्दा आधुनिक तथा उपभोक्ताको चाहनालाई ध्यान दिने कम्पनीको रुपमा चिनिएको एप्पलले कम्पनीको भारी मुनाफामो तथ्यांक सार्वजनिक गरेपनि यसको शेयर मुल्यमा भने ओरालो लागेको छ । बुधबार कम्पनीले आफ्नो मुनाफाको प्रतिवेदन सार्वजनिक गर्दा एप्पलको शेयर मुल्यमा गएको वर्षको अधिकतम मुल्यभन्दा ३४ प्रतिशतले गिरावट आएको छ । गएको सेप्टेम्बरमा एप्पलको शेयर मुल्य अहिलेसम्मकै बढि अर्थात् ७०२ डलर नाघेकोमा बुधबार ४६१.३ डलरमा झर्यो
एप्पलले कम्पनीको आम्दानी उच्च भएपनि लागत खर्च बढेकाले मुनाफा केही कम भएको जनाएको छ । यद्यपि कम्पनीको यो आम्दानीबाट लगानीकर्ताहरु ढुक्क हुने अवस्था भने रहेको एप्पलको दाबी छ ।
विश्लेषकहरुले एप्पलले आशातित रुपमा आइफोन ५ बेच्न नसकेकाले मुनाफा सोचेजति नभएको बताएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts