प्रधानमन्त्रीलाई चलचित्रकर्मीले भने, ‘माग सम्वोधन नभएसम्म आन्दोलन रोकिदैन’
आन्दोलनरत चलचित्रकर्मीहरुले शुक्रबार
दिउँसो १ बजे प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई भेटेका छन् । भेटमा
प्रधानमन्त्रीले माग प्रति सकारात्मक रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह
गरेका थिए । तर चलचित्रकर्मीहरुले चलचित्र बिकास बोर्डमा आफुहरुले भनेको
जस्तै चलचित्र क्षेत्रको विज्ञ व्यक्ति नआएसम्म आन्दोलन नरोक्ने जानकारी
प्रधानमन्त्रीलाई गराएका थिए ।
भेटमा
प्रधानमन्त्रीले चलचित्रकर्मीले भनेजस्तै व्यक्ति बोर्डमा आउने बताएका थिए
। प्रधानमन्त्रीसँगको भेटको क्रममा संचारमन्त्री राजकिशोर यादव पनि सहभागी
थिए । प्रधानमन्त्रीलाई भेटेपश्चात आन्दोलनरत संघसंस्थाका प्रतिनिधीहरुको
वैठक बसेको छ । बैठकले बोर्डमा अध्यक्ष चयन नभएसम्म आन्दोनललाई निरन्तरता
दिने निर्णय गरेको छ । आन्दोलनमा सक्रिय रुपमा लागेको सुरेशदर्पण पोखरेलका
अनुसार, बोर्डमा हुने नियुक्ती पश्चात मात्र आन्दोलनाई कसरी लाने भन्ने
निर्णय हुनेछ । ‘आफुहरुले भनेजस्तै व्यक्ति बोर्डमा आएको खण्डमा आन्दोलन
स्थगित हुन पनि सक्छ, तर अहिले केही भन्न सकिदैन’ सुरेशले अनलाइनखबरसँग भने
।
यसैबिच आन्दोलनमा चलचित्रकर्मीहरुको
सहभागीता बाक्लिदै गएको छ । शुक्रबार नायिका करिश्मा मानन्धर पनि अनशनमा
बसेकी छिन् । आन्दोलनमा सक्रिय रुपमा लागेकी नायिका मानन्धर शुक्रबार
मध्यान्न १२ बजेबाट अनशनमा बसेकी हुन् ।

0 comments
Write Down Your Responses