यी सभासदलाई किन भएन कारवाही ?
द्वन्द्वकालीन मुद्दाबारे यस्तो छ सर्वोच्च अदालतको नजीर
२६ पुस,
काठमाडौं । यो तस्वीर एमाओवादीका पूर्वसभासद् केशव राईको हो । ओखलढुंगा
जिल्लाको क्षेत्र नं १ बाट संविधानसभामा प्रत्यक्षतर्फबाट चुनाव जितेका
राईविरुद्ध त्यहाँको जिल्ला अदालतमा अर्का पूर्वसासद् बालकृष्ण ढुंगेललाई
जस्तै ज्यान मुद्दा दर्ता छ । तर, सो मुद्दा अगाडि नबढाउन ‘माथि’बाटै
निर्देशन गएपछि पूर्वसभासद् राईले फुर्सद पाएका छन् ।
सशस्त्र
द्वन्द्वकालको घटनालाई लिएर पूर्वसभासद् राईलगायत १९ जना माओवादीविरुद्ध
ज्यानमारेको उजुरी प्रहरीले जिल्ला अदालतमा दर्ता गरेपछि राईविरुद्ध जिल्ला
अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । कुश्मिर गाविसस्थित राईको घरैमा
अदालतको पूर्जी टाँसिएपछि राईले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए ।
०६७ सालको रिट नं ध्इ -०५३२ नम्बरको रिटउपर सुनुवाइ गर्ने क्रममा ०६७ मंसिर
२७ गते न्यायाधीश अवधेशकुमार यादवको एकल इजलासले उत्प्रेषण समेतको आदेश
जारी गर्दै भन्यो- ‘हाललाई… ओखलढुंगा जिल्ला अदालतबाट मिति ०६७।३।१८ मा
भएको आदेश कार्यान्वयन नगर्नू, निजलाई पक्राउ नगर्नू नगराउनु भनी…..
विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
सर्वोच्चले किन रोक्यो राईको ज्यानमुद्दा ?
सर्वोच्च
अदालतले राईको मुद्दा द्वन्द्वकालीन हत्यासँग सम्बन्धित भएकाले यसलाई
विस्तृत शान्ति सम्झौताको दफा ५:२:५ र ७ नं अनुसार हल हुनुपर्ने बताएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ-’विस्तृत शान्ति सम्झौता भई त्यसलाई नेपालको
अन्तरिम संविधान २०६३ को धारा १६६ (३) अनुसार अनुसूचि ४ मा उल्लेख गरी
त्यसलाई संविधानको अभिन्न अंग मानेकाले त्यो एउटा संवैधानिक अधिकारसँग
सम्बन्धित बन्न जान्छ ।’
अदालतले
भनेको छ-’विस्तृत शान्ति सम्झौतामा दुबै पक्षविभिन्न व्यक्तिहरुलाई
राजनीतिक कारणले लगाइएका आरोप, दाबी उजुरी र विचाराधीन रहेका मुद्दा मामिला
फिर्ता लिन र थुनामा राखिएका बन्दीहरुको स्थिति तत्कालै सावर्जनिक गरी
तुरुन्त रिहा गरिने ग्यारेन्टी गर्दछन् भन्ने व्यवस्था उल्लेख रहेको पाइन्छ
। उसरी उक्त सबै कार्य गर्न र गराउन सरकार र नेकपा माओवादी दुबै पक्षले
आफ्नो प्रतिवद्धता व्यक्त गरेको देखिन्छ ।’
द्वन्द्वकालको घटनाबारे विशेष व्यवस्था-सर्वोच्च
राईको
मुद्दामा सर्वोच्च अदालतले भनेको छ-’निवेदकउपर लगाइएको आरोप सामान्य
अवस्थाको नभई द्वन्द्वकालको हो । द्वन्द्वकालमा घटित भएको मानवअधिकार हनन्
सम्बन्धी घटनाको बारेमा संविधानमा विशेष व्यवस्था गरिएको पाइन्छ । अहिले
संविधान बनिसकेको नभई संक्रमणकालको अवस्था छ त्यसैले संक्रमणकालीन न्यायको
पनि प्रश्न उपस्थित छ ।’
हेर्नुहोस् सर्वोच्चको निर्णय जस्ताको त्यस्तै-


0 comments
Write Down Your Responses