चिसो मौसममा तातो खाना ...
सुन्तला, अमला, कागतीजस्ता अमिला फलफूलहरूमा प्रशस्तै भिटामिन सी पाइन्छ ।
सुन्तलामा भिटामिन सीका साथै भिटामीन बी, फोलेट र सेरोटिनजस्ता अति आवश्यक
पौष्टिक तत्वहरू पनि पाइन्छन् । सेरोटिनले एक किसिमको न्युरो ट्रान्समिटरको
काम गर्ने हुँदा सुन्तलाको सेवन डिप्रेसनबाट जोगिन सहायकसिद्ध हुन्छ । यो
मौसममा दूधको भन्दा कागती चिया, हट लेमन तथा अदुवा चिया खानु राम्रो
हुन्छ ।
जा.डो मौसममा एकातिर खानेकुरा राम्रोसँग रुच्छ भने अर्कातिर सुन्तला, बदाम तथा विभिन्न गेडागुडी प्रशस्त मात्रामा पाइन्छन् । यो मौसममा वषर्ामा जस्ता रोग नदेखिए पनि स्वस्थ रहन सजग भने हुनैपर्छ । यो मौसममा बाहिरी तापक्रम शून्य र त्यसभन्दा कम भए पनि हाम्रो शरीरको तापक्रम स्थिर -३७ डिग्री सेन्टिगे्रड) बनाइराख्नुपर्ने हुन्छ । शरीरको तापक्रम स्थिर बनाउन हाम्रो शरीरले निकै शक्ति खर्चिनुपर्ने हुन्छ । यो शक्ति खानाबाट प्राप्त हुन्छ । त्यस्तै यो मौसममा रुघा तथा पिनाशजस्ता स्वास्थ्य समस्याहरूले पनि दुःख दिन्छन् । जाडोमा खानामा रुचि बढ्ने र बढी खाना खाइने हुनाले मोटोपन पनि बढ्न सक्छ । त्यसैले खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
जाडोमा रुघाजस्तै अन्य भाइरसले गराउन सक्ने श्वासप्रश्वासका समस्याबाट आफूलाई बचाउनुपर्ने हुन्छ । यसबाट बच्न एवं आफ्नो रोगप्रतिरोधात्मक शक्ति बलियो बनाउन भिटामिन सी भएका खानेकुरा प्रशस्त खानुपर्छ । सुन्तला, अमला, कागतीजस्ता अमिला फलफूलहरूमा प्रशस्तै भिटामिन सी पाइन्छ । सुन्तलामा भिटामिन सीका साथै भिटामीन बी, फोलेट र सेरोटिनजस्ता अति आवश्यक पौष्टिक तत्वहरू पनि पाइन्छन् । सेरोटिनले एक किसिमको न्युरो ट्रान्समिटरको काम गर्ने हुँदा सुन्तलाको सेवन डिप्रेसनबाट जोगिन सहायकसिद्ध हुन्छ । यो मौसममा दूधको भन्दा कागती चिया, हट लेमन तथा अदुवा चिया खानु राम्रो हुन्छ । अदुवा, लसुन र महले चिसोले गर्ने घाँटीको खसखस तथा खोकीलाई पनि निको बनाउन मद्दत गर्छ ।
ए.एस.डी. -सिजनल अफेक्टिभ डिस्अडर) एक किसिमको डिप्रेसन हो र यो सामान्यतया जाडोमा हुन्छ । एएसडी भिटामिन डीको कमीले हुने समस्या हो । जाडोमा कम घाम लाग्ने तथा शरीरमा घाम नपर्ने भएकाले यस्तो हुनसक्छ । त्यसैले जाडोमा घाम ताप्नाले शरीर तातो मात्र हुँदैन, भिटामिन डी पनि पाइन्छ र एएसडीबाट पनि बच्न सकिन्छ । अधिकांश प्याकेटका खानेकुरामा भिटामिन डी पाइन्छ । त्यसबाहेक माछाबाट पनि पर्याप्त मात्रामा भिटामिन डी प्राप्त हुन्छ । माछामा भिटामिन डीसँगै प्रोटिन, ओमेगा-३ फ्याटिएसिड, क्याल्सियम, फसफोरस, जिङ्क, आयोडिन आइरन, पोटासियमजस्ता खनिज पदार्थहरू र सेरोटिन पनि पाइने भएकाले यो धेरै फाइदाजनक मानिन्छ । ओमेगा-३ फ्याटी एसिडलगायत फोस्पोलिपिक, प्रोटिन र अन्य धेरै पौष्टिक तत्व अण्डामा पनि पाइन्छ । त्यसैले नियमित अण्डा खानु शारीरिक तथा मानसिक स्वास्थ्यका लागि राम्रो मानिन्छ । अण्डा र माछामा कोलेस्ट्रोल र बोसो कम हुने भएकाले त्यसलाई मासुभन्दा उपयुक्त मानिन्छ ।
जाडो मौसममा सामान्यतया अल्छी भइन्छ । त्यसैले शारीरिक व्यायाम कम गरिन्छ तर यो मौसममा शारीरिक व्यायामको महत्व अझ बढी हुन्छ । शारीरिक व्यायामले शरीरलाई ताप दिनुका साथै तौल नियन्त्रण गर्न पनि सघाउ पुर्याउँछ । यो मौसममा चिसोका कारणले पानी कम खाइन्छ । शरीरको पानी पसिनाको माध्यमबाट खेर नजाने भएकाले केही कम पानी सेवन गरे पनि पुग्ने हुन सक्छ तर धेरै कम भयो भने स्वास्थ्यमा नकारात्मक असर पर्ने, कब्जियत हुने तथा मिर्गाैलामा पत्थरी बन्ने हुन सक्छ । त्यसैले पानीलाई तताएर वा अन्य खानेकुराहरूको मद्दतले सुप वा झोल तयार गरेर खान सकिन्छ । तातो सुपले पानीको आवश्यकता पूरा गर्नुका साथै ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ । तातोपानीमा मह मिसाएर खानाले शरीरमा ताप पैदा हुन्छ ।
जाडो मौसममा आफूलाई स्वस्थ र फुर्तिलो राख्न फलफूलहरू, सुप, बदाम, माछा, अण्डा, मह, सागपात तथा पानी प्रशस्त मात्रामा खानुपर्छ । त्यस्तै धेरै बोसो भएको खानेकुरा नखानु, नियमित व्यायाम गर्नु, तातो-बाक्लो लुगा लगाउनु अनि घाम ताप्नु पनि आवश्यक हुन्छ ।

0 comments
Write Down Your Responses