राष्ट्रपतिका कारण न्याय दिलाउन नपाएको प्रधानमन्त्रीको गुनासो
२५ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत साउनमै राष्ट्रपतिसमक्ष पठाइएको सत्य निरुपणसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेका कारण पीडितलाई न्याय दिलाउन नसकिएको गुनासो गर्नुभएको छ ।
शर्माका अनुसार ०५२ साल फागुन १ देखि ०६३ मंरि ४ सम्मका द्वन्द्वका घटनालाई सत्य निरुपण र मेलमिलाप आयोगमार्फत् समाधान गर्ने शान्ति सम्झौतामा उल्लेख भएको र त्यसलाई अन्तरिम संविधानलेसमेत अंगीकार गरेको प्रधानमन्त्रीले पत्रकारहरुलाई बताउनुभएको थियो । ओखलढुंगाका माओवादी सभासद् केशव राईको मुद्दामा सत्य निरुपणमार्फत् हेर्नु भन्ने सर्वेच्च अदालतको नजिरसमेत रहेको प्रधानमन्त्रीको भनाइ रहेको शर्माले बताउनुभएको छ ।
प्रधानमन्त्री भट्टराईले आफू प्रेस स्वतन्त्रताविरुद्ध नजाने र शान्ति सम्झौता र अन्तरिाम संविधानको मर्ममा अडिग रहने बताउनुभएको थियो । पत्रकारहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न समयमा भएका पत्रकार हत्याबारे उच्चस्तरीय छानविन आयोग बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।
महासंघको बैठकमा बहस
यसैवीच, नेपाल पत्रकार महासंघको बुधबार बसेको बैठकमा पेशगत महासंघ (पापड)सँग मिलेर सरकारविरुद्ध आन्दोलनमा जाने कि सन्तुलितरुपमा उभिने भन्नेबारे बहस भएको छ ।
स्रोतका अनुसार बैठकमा महासंघ उपाध्यक्ष यसोदा तिम्सिनाले पापडसँग मिलेर आन्दोलनमा जानुपर्ने बताउनुभएको थियो भने महासचिव ओम शर्माले पत्रकार कृष्ण सेनको हत्या हुँदा पापड कहाँ थियो भन्दै महासंघले एकपक्षको मात्रै नभई राज्य पक्षबाट मारिएका पत्रकारका हत्यारालाई समेत कारवाहीको दायरामा ल्याउन आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । अन्ततः महासंघको बैठकले पत्रकार कृष्णसेनको हत्या गरिएको प्रदर्शनीमार्गस्थित प्रहरी क्लव अगाडि शुक्रबार धर्ना दिने कार्यक्रम तय गरेको छ । बैठकपछि बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै महासंघ सभापति शिव गाउँलेले कृष्ण सेनका हत्यारालाई पक्राउ गर्न सरकारसँग माग गर्नुभएको छ ।


0 comments
Write Down Your Responses