ज्ञानेन्द्रलाई स्वागत गर्न सिमरामा विशेष तयारी
१९ माघ, बारा । पूर्वरानी कोमल शाहको
जन्मदिन मनाउन सिमरा जाने तयारीमा रहेका पूर्वराजारानीको स्वागतका लागि
सिमरामा विशेष तयारी सुरु भएको छ । आगामी फागुण सात गते पूर्वरानी कोमल
शाहको जन्मदिन रहेको छ ।
आफ्ना बाल्यकालका साथी तथा नातेदार प्रभू
शमशेरले व्यवस्थापन गरेको सिमरामा रहेको प्रभुवासा पूर्वराजारानी एक
महिनासम्म बस्ने कार्यक्रम तय भएको छ । जसका लागि भवनको सफा सुग्घर लगायतका
काम जारी रहेको छ ।
पूर्वराजाको दम्पत्ती आगमी माघ २५ गते
सिमरा जाने कार्यक्रम रहेको परिवार स्रोतले जनाएको छ । एक महिना बसाईका
क्रममा उनीहरुले बाराको धार्मिक स्थलको भ्रमण गर्नुका साथै राजनीतिक
भेटवार्तालाई पनि जारी राख्ने तयारी रहेको छ । आफ्नो भ्रमणका बारेमा
सञ्चारमाध्यमलाई भने कुनै किसिमको जानकारी नदिन निर्देशन दिइएको छ ।
एक महिनाको बसाईका लागि सिमरा जाने
दम्पत्तीको सुरक्षाका लागी सशस्त्र प्रहरीबलको एक दस्ता नागार्जुनबाट सिमरा
जाँदै जाने भएको छ भने, पूर्वराजारानीका लागि तयार पारेको कोठामा डिसहोम
पनि जडान गरिउको छ । प्रभुवासमा अहिले कोही नवस्ने भएकाले जीर्ण बन्दै गएको
घरलाई पूर्व राजा दम्पत्तीकै लागि पुर्ननिर्माण सुरु गरिएको हो ।
1 comments
Write Down Your Responses

October 24, 2014 at 2:33 AM
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: