mainpageads

खोकीको उपचारमा एन्टिबायोटिकले काम गर्दैन

युरोपका विभिन्न १२ देशका झण्डै २ हजार मानिसमा गरिएको अध्ययन अनुसार छातिको हल्का संक्रमणका कारण भएको लहरे खोकी एन्टिबायोटिक औषधिको माध्यमबाट निको गराउन सकिँदैन ।
ल्यासेन्ट जर्नलमा छापिएको रिपोर्ट अनुसार एन्टिबायोटिक औषधिको प्रयोग गरेर उपचार गरिएका रोगीमा देखिएका लक्षण र अरु सामान्य औषधिको प्रयोग गरेर उपचार गरिएका रोगीमा देखिएका लक्षणबीच कुनै भिन्नता छैन ।
सामान्य खोकीको लागि एन्टिबायोटिकको कुनै आवश्यकता नहुने भन्दै शोधकर्ताहरुले तर खोकी सँगै निमोनियाको सम्भावना देखिएमा भने एन्टिबायोटिकको प्रयोग अनिवार्य बन्छ ।
शोधकर्ता भन्छन्, खोकी पीडित मानिस जसमा निमोनियाको कुनै शंका छैन त्यसलाई स्वासप्रस्वास जन्य समस्याको उपचारका लागि एमोक्सिलिन एन्टिबायोटिकको कुनै जरुरत छैन र यसले कुनै फाइदा पनि गर्दैन उल्टै नोक्सान पूराउनसक्छ ।
जथाभावी एन्टिबायोटिकको प्रयोगले सरीरमा रहेका जिवाणुको प्रतिरोधी क्षमता बढ्ने र त्यसले अरु औषधिलाई समेत निस्प्रभावी बनाउने खतरा हुने विज्ञहरु बताउँछन् । त्यसैले रुघाखोकी जस्ता सामान्य समस्याको उपचारमा एन्टिबायोटिक्स औषधिको प्रयोग गर्नुको साटो अरु सामान्य औषधि तथा परम्परागत विधिको प्रयोग गर्नुपर्नेमा विज्ञहरुको सुझाव छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts