mainpageads

दरबार हत्याकाण्डबारे बोल्न चाहन्नन् देवयानी

२१ पुस, काठमाण्डौं । दरबार हत्याकाण्डका बेला राप्रपाका नेता पशुपतिशमशेरकी छोरी देवयानीको निकै चर्चा भयो । उनलाई स्व. युवराज दीपेन्द्र शाहसँग जोडेर चर्चा गरिएको थियो । वंश नै नाश हुनेगरी भएको दरबार हत्याबारे भने देवयानी केही बोल्न चाहन्न् ।

देवयानी यतिबेला काठमाण्डौंमा छिन् । जाडो छल्न भनी केही समयअघि भारतको नयाँदिल्लीबाट उनी काठमाण्डौं आएकी हुन् । पुसभर काठमाण्डौं बस्ने योजना बनाएकी उनी महाराजगञ्जस्थित बाबु पशुपतिशमशेरको निवास विजयवासमा बस्नेछिन् ।

तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका भनेर चिनिएकी देवयानी काठमाण्डौं बसाइका क्रममा दरबार हत्याकाण्डका बेला भएका थरीथरीका चर्चाको जिज्ञासामा सकभर टाढा हुने गरेको नयाँ पत्रिकामा खबर छ । देवयानीसँग बिहे गर्न नपाएर दीपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको भन्ने पनि आरोप लागेको छ । दरबार हत्याकाण्डबाट पछि हट्न उनी सार्वजनिक कार्यक्रममा सहभागी हुन्न् भने, सामूहीक तस्वीर खिचाउन पनि नमान्ने गरेकी छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts