mainpageads

हाच्छियुँ गर्दा हाडै फुस्किने युवतीको पीडा

कसैकसैका रोग र पीडा पनि निकै दर्दनाक हुन्छन् । यस्तै दर्दनाक पीडा भोगिरहेकी छिन् बेलायतकी एक युवतीले लाउरेन हरी नामकी ती युवतील हरेक पटक हाच्छिउँ गर्दा ठूलो पीडा खप्नुपर्छ । कारण के भने हाच्छिउँ गर्दा उनको काँधको हाडको जोर्नी फुस्किहाल्छ ।डाक्टरका अनुसार २० वर्षे यी चेलीको काँधको हाडको जोर्नी यति कमजोर छ की हाच्छिउ गर्दा वा अरु कुनै बल पुग्ने काम गर्दा त्यो फुस्किहाल्छ ।
अनि फुस्किएको हाडको जोर्नी ठीक ठाउँमा ल्याउन अस्पताल दौडाइहाल्नुपर्छ ।यी युवतीको काँधको हड्डी एक दिनमा २० पटकसम्म फुस्किएको छ । रुघाखोकी लागेका बेला हाच्छिउ बढि आउँदा यस्तो पीडा भोग्नुपर्छ ।गाडिमा चढेको बेला गाडि बढीले झ्याँक्यो भने पनि उनको जोर्नी फुस्किने खतरा हन्छ । चिकित्सकहरुले उनको यो समस्यालाई एहलर्स ड्यालोन्स सिन्डोम भनेका छन् ।
यो एउटा वंशाणुगत समस्या हो जसका कारण जोर्नीलाई संयोजन गर्ने कोलाजेन तन्तु निकै कमजोर हुन्छ फलतः हातखुट्टाको जोर्नी कमजोर हुन्छ र झ्वाट्टै फुस्किन्छ । लाउरेनलाई १५ वर्षको उमेरदेखि यस्तो जोर्नी फुस्किने समस्या देखिन थालेको हो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts