mainpageads

पाँचथरमा ५२ बर्षीय महिला माथि सामुहिक बलात्कार

 पाँचथर जिल्लाको रानिटार गाविसकी एक ५२ वर्षिया महिलामाथि सामुहिक बलात्कार भएको छ। देशका बि–भिन्न स्थानमा महिला हिंसा र त्यस विरुद्ध प्रदर्शन भइरहेका बखत पाँचथर जिल्लाको रानिटार गाँउ बिकास समिति वडा नम्वर २ मा ५२ बर्षीय महिला सामुहिक बलात्कारको सिकार छन ।महिलालाई स्थानीय राम राई र टाइसन तामाङ लगायतले बलत्कार गरेका हुन ।महिलालाई अपरान्ह ४ वजे फिदिमबाट रानिटार जाँदै गरेको ट्याक्टरका चालक र सहयोगीले सडक नजिकै बेहोस अवस्थामा भेटेपछि गाँउलेलाई खवर गरेका थिए ।त्यसपछि गाँउलेहरुले उनलाई उद्धार गरेर स्वास्थ सस्था पुर्याएका थिए । होस खुलेपछि आफु बलात्कृत भएको पीडितले बताएकी थिइन । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन ।जाहेरीका आधारमा स्थानीय विजय तामाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत गोपाल ढकालले जानकारी दिए ।घट्नामा संलग्नको खोजी तथा पीडितको उपचार भइरहेको प्रहरीले जनाएको छ । ती महिला बुधवार रानिटार २ को डिएम चोक नजिकै बेहोस र निर्वस्त्र अवस्थामा भेटिएकी थिइन।गाँउलेले उद्धार गरेर स्वास्थ सस्थामा लगी उपचार गराएपछि होस खुलेको बताइएको छ ।

 


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts