साउदी अरबमा डेढसय नेपाली कामदारको विचल्ली
साउदी अरबको पूर्वी क्षेत्रको दमामशहर अन्तर्गत पर्ने अलदैया स्थित
अल–अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी
नेपाली कामदारहरू नौ महिना अघिदेखि विचल्लीमा परेका छन् ।
विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्सलगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ । करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।
बेरोजगार साउदी नागरिकहरूको बृद्धी हुँदै गएपछि साउदी सरकारले ल्याएको नयाँ नीतिका कारण धेरै नेपाली कामदारहरूले दुःख झेल्नु परेको हो । पीडित मध्ये खगेश्वर तिमिल्सिनाका अनुसार नयाँ नीति अन्गर्गतका विदेशी कामदार राख्नका लागि केही नियमहरू कम्पनीले पूरा गर्नु पर्ने हुन्छ त्यो पुरा गर्न नसक्दा विचल्ली हुने कामदारहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
कामदारहरूको म्याद नाघिसक्दा पनि नविकरण गर्न नसकेको, जसको कारण इन्स्युरेन्स पनि नभएको, कम्पनिले विगत नौ महिनादेखि तलब पनि नदिएकोले पकेटखर्चको अभावमा टेलिफोन र औषधोपचारमा कठिनाई भएको, करारनामा पूरा भएकाहरूले घरविदा वा एक्जिटको लागि आवेदन दिंदा पनि छ महिनादेखि घर पठाउन नसकेको जस्ता समस्या रहेको बताइएको छ ।
समाधानका लागि कामदारहरूलाई कम्पनी मालिकसम्म आफ्ना समस्या राख्न समेत रोकटोक गरिने र दूतावास या लेबर कोर्ट पुगेमा “तिमीहरूको सुरक्षा तिमीहरू नै गर्नू, कम्पनीको सुरक्षा कम्पनीले गर्छ” भन्दै तर्साउने गरेकोले अन्य विकल्प सोच्न नसकी चार नेपाली कामदाहरू कम्पनी छोडेर भागिसकेको बताइएको छ ।
पन्ध्र दिनअघि आफ्नो व्यक्तिगत कामको शिलशिलामा घुम्दैजाँदा गैरआवासीय नेपाली संघ साउदीका सदस्य विष्णुप्रसाद चापागाईंले यो समस्या थाहा पाएपछि पीडित नेपालीहरूको उद्धारका लागि गैरअवासीय नेपाली संघमा राखेको र तीन पटकको अथक प्रयासपछि पीडित नेपालीहरूसँग गैरआवासीय नेपाली संघ साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी, अध्यक्ष धरम केसी, उपाध्यक्ष पुरूषात्तम श्रेष्ठ र सदस्य विष्णुप्रसाद चापागाईले सामुहिक रूपमा भेटघाट गरी छलफल गर्दा उनीहरूका थप समस्याहरू सार्वजनिक भएको बताइएको छ । यी समस्याहरूको वस्तुस्थिति बुझेर छिटो भन्दा छिटो उद्धारको पहल गर्न संस्थाले नेपाली दूतावास रियादलाई पनि गैरअवासीय नेपालीसंघले पत्राचार गरेको छ ।
बिचललीमा परेका नेपालीहरु ८३ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म मेनपावर एजेन्सीलाई तिरेर आएकाहरु हुन् ।

0 comments
Write Down Your Responses