विना कारण रोक्यो सेन्सरले ‘किन किन’
चलचित्र ‘किन किन’ को सेन्सर रोकिएको छ ।
वुधबार बेलुका चलचित्र हेरिसकेपछि सेन्सर बोर्डका कर्मचारीले कुनै पनि
निर्णय नदिएको निर्देशक उकेश दाहालले बताए । उनका अनुसार विहिबार मन्त्रालय
आउनु भन्दै सेन्सर बोर्डका कर्मचारी बाहिरिएका थिए ।
चलचित्र
सेन्सर बोर्डका कर्मचारीले कुनै पनि कुराको जानकारी नगराई सिनेमा रोकेपछि
आफु अन्यौलामा परेको उकेशको भनाई छ । उकेशका अनुसार सेन्सर बोर्डका
कर्मचारीहरुले सिनेमा हेरेपनि कुनै जवाफ दिएका छैनन् ।
राजेश हमाल, करिश्मा मान्धर, राज
तिमिल्सिना, शशी खड्काका साथमा नव नायिका अरुणिमा लामाले अभिनय गरेको यो
चलचित्रले ‘तन बुढो भए पनि मन बुढो हुदैन’ भन्ने बिषयलाई उठान गरेको छ ।
चलचित्रमा नायिका अरुणिमा लामा र नायक
राजेश हमालबिच थुप्रै उत्तेजक दृश्यहरु समावेश गरिएको छ । चलचित्र सेन्सर
बोर्डले सिनेमा हेरेपछि अपराधी जस्तो व्यवहार गर्दै मन्त्रालयमा आउने आदेश
दिदा आफु अचम्ममा परेको निर्देशक दाहालको भनाई छ । पछिल्ला दिनमा चलचित्र
सेन्सर बोर्डले विनाकारण कडाई गर्दै चलचित्रकर्मीलाई दुख दिने काम गरेको छ ।
यसले सिनेमा बनाउनेहरु अन्यौलामा परिरहेका छन् ।
1 comments
Write Down Your Responses


October 25, 2014 at 10:42 PM
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.