वृद्ध महिलामाथि समूहिक बलात्कार
ताप्लेजुङ, पुस २६ - पाँचथरको रानीटारकी एक वृद्ध महिलालाई एउटा समूहले
बुधबार सामूहिक बलात्कार गरेको छ। रानीटार गाउँ विकास समिति वार्ड नं २ की
एक ५२ वर्षीया वृद्ध माथि स्थानीय राम राई र टाइसन तामाङ लगायतले बलात्कार
गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पीडितले आज गराएपछि यस्तो रहस्य
खुलेको हो।
जाहेरीमा पीडितले फिदिमबाट रानीटार आउँदै गरेको ट्याक्टरका चालक र
सहयोगीले सडक छेउमा बेहोस अवस्थामा आफूलाई फेला पारी स्वास्थ्य संस्थामा
पुर्याडएको र होस खुलेपछि आफूले सबै कुरा आफन्तलाई बताएको उल्लेख गरिएको छ।
पीडितले आफूलाई बलात्कार गर्नेको नाम भनी किटानी गरेर प्रहरीमा जाहेरी दिएको पाँचथर प्रहरीका सूचना अधिकृत गोपाल ढकालले जानकारी दिए। उनका अनुसार अभियुक्तहरुको खोजी कार्य जारी रहेको छ। रानीटार नजिकैको डिएम चौक नजिकै निर्वस्त्र र बहोस अवस्थामा भेटिएकी उनलाई ट्याक्टर चालकको सहयोगमा स्वास्थ्य संस्थामा लगेर उपचार गरेपछि होस खुलेको स्थानीय उद्धारकर्तालाई उधृत गर्दै प्रहरीले बताएको छ।

0 comments
Write Down Your Responses