mainpageads

महिलालाई कसरी चरम सुख दिने ?

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अर्ग्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन्। यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन्। महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ। महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक-फरक धारणा पाइन्छन्। तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ। महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्। -महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो। योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो। यही क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ। तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन।lastaiiii
-चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्त्रि्कय हुन्छ। वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरू विषय स्वतः निष्त्रि्कय हुन्छन्। अझ चरम सुखका बेला त संवेदनाको अनुभूति गर्ने क्षेत्रसमेत निष्त्रि्कय हुन्छ। -धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन्। अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो। यसको निष्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ। -चरम सुखलाई वंशाणुले फरक पार्छ। अनुसन्धान अनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ। कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभूति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छन्। -चरम सुख दिने प्रविधि बन्दै छ। जैविक कारणले नै चरम सुख पाउनबाट वञ्चित महिलालाई यौन सुखको अनुभूति दिलाउन वैज्ञानिकहरूले प्रविधिको विकास गरिरहेका छन्। यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको ढाडभित्रको नसामा जोडिनेछ, जसले चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts