बोक्सीको आरोपमा जिउँदै जलाउनेलाई सर्वस्वसहित जन्मकैद
२३ पुस, चितवन । बोक्सीको आरोपमा जिउँदै
जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठ जनालाई जिल्ला अदालतले
जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल
इजलासले झाँक्री जुगेश्वर महतोसहित विक्रम महतो, उनकी श्रीमती विक्रमिया,
छोरीहरु मञ्जु, लक्ष्मी, सञ्जु, कृष्णकुमारी, ज्वाइँ विक्रमलाई जन्मकैदको
सजाय सुनाएको हो । घटनाका आरोपी तीनजनाले भने सफाइ पाएका छन् ।
फैसलाअनुसार उनीहरु अब २० वर्षसम्म जेल
बस्नुपर्नेछ । विसं २०६८ फागुन ५ गते माडी बघौलाकी एकल महिला ढेगनी महतोलाई
बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । यससम्बन्धी मुद्दा
चैत २ गते अदालतमा दर्ता भएको थियो । रासस


0 comments
Write Down Your Responses