सीटी एक्सप्रेस र इन्भेष्टमेण्ट बैंकवीच रेमिट्यान्स सम्झौता
काठमाण्डौ । बिदेशमा रहेका नेपालीहरुले
श्रम गरि आर्जन गरेको रेमिट्यान्स मुलुक भित्राउँदै आएको सिटि एक्सप्रेस
मनी ट्रान्सफर र नेपालको ‘क’ बर्गको बाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट बैंक
लिमिटेडवीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि
बिदेशबाट सिटि एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा नेपाल
इन्भेष्टमेण्ट बैंक लिमिटेडका मुलुकभरका शाखाबाट भुक्तानी लिन सकिने छ ।
सम्झौता पत्रमा सिटि एक्सप्रेस मनी
ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल इन्भेष्टमेण्ट
बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले
हस्ताक्षर गर्नुभयो । ६ बर्षदेखि बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले
रेमिट्यान्स भित्राउँदै आएको सिटि एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आˆनै
कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट
बिभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरि देशमा रेमिट्यान्स
भित्राउँदै आएको छ ।
पछिल्ला दिनमा संजाल विस्तारलाई तिब्रता
दिएको सिटि एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ बर्गका बैंक,
बिकास बैंक, फाईनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता
गरेको छ । योसँगै सिटि एक्सप्रेसका मुलुकभरबाट करिव २ हजार ३ सय आधिकारीक
स्थानीय ठाँउबाट पनि सेवा लिनु सकिने छ ।

0 comments
Write Down Your Responses