mainpageads

मुलुक अब आन्दोलनतर्फ गयो: खनाल

१३ माघ, बागलुङ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीको सर्वसत्तावादी सोचका कारण दलहरुवीच सहमति हुन नसकेको आरोप लगाउनु भएको छ । खनालले सहमतिका लागि एमाओवादी नेतृत्वको सरकारले राजीनामा नदिएसम्म सहमति हुन नसक्ने समेत वताउनुभयो ।
प्रेस चौतारी बागलुङ शाखाले शनिवार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले आन्दोलनको आँधीबेहरीवाट वर्तमान सरकार ढाल्ने दाबी गर्नु भयो । उहाँले भन्नुभयो,’ मुलुक अब आन्दोलनतर्फ गयो । विपक्षी दलहरुको सयुंक्त आन्दोलनबाटै यही हिउँदमा राजनीतिको छिनोफानो हुन्छ ।’ मुलुकका सबै संवैधानिक निकायहरु विघटन गरेर वर्तमान सरकारले तानाशाही शासन लाद्न खोजेकाकाले त्यसका विरुद्ध सिँगो मुलुक नै धुव्रीकरणतर्फ गइसकेको खनालको भनाई छ ।
 खनालले राजनीतिक दलबीच तत्काल सहमति बन्ने कुनै सम्भावना नरहेको बताउनुभयो । खनालले एमाओवादी र मधेसवादी दलहरुकै कारण मुलुक सङ्कटमा फसेको आरोप समेत लगाउनुभयो । लामो समय वार्ताद्वारा सहमति खोज्ने प्रयास भएपनि कुनै निकास निस्कन नसकेपछि आन्दोलननै प्रमुख एजेण्डाको रुपमा अघि आएको अध्यक्ष खनालको भनाइ थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts