हजारौं महिलालाई नांगै पारे ह्याकरले
ह्याकरहरुका
पनि अनेक दाउ हुन्छन । कोही जुलियन असान्जजस्ता हुन्छन जसले हाइप्रोफाइल
सूचना थुतेर सार्वजनिक गरिदिन्छन त कसैले सुरक्षा चेतावनी मात्र दिएर शान्त
हुन्छ ।
महिलालाई ब्लाकमेल गरेर वेबक्याममा नाङ्गो
बन्न बाध्य पारेको आरोपमा अमेरिकी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
उनी दोषी प्रमाणित भए १ सय ५ वर्ष जेल सजाय हुन सक्छ ।
वकिलका अनुसार २७ वषर्ीय ग्यारी कजरियानले
सयौं महिलाको फेसबुक, स्काइप र इमेल अकाउन्ट हृयाक गरेर ब्लाकमेल गरेका
थिए । क्यामराको अगाडी सबै कपडा नफुकाले गोप्य तस्वीरहरु सार्वजनिक गर्ने
धम्की दिएको उनीमाथि आरोप लगाइएको छ । पासवर्ड हात पारेपछि उनले त्यस्ता
सवै पासवर्ड परिवर्तन गरेका थिए ।
अमेरिकी न्याय मन्त्रालयले
क्यालिफोर्नियाका २७ वषर्ीय अभियुक्तको विवरण दिएको छ । हृयाक गरिएको इमेल,
फेसवुक र स्काइपबाट सबै सूचना लिएपछि ग्यारीले साथीको रुपमा प्रस्तुत हुने
र असली अनुहार थाहा पाएपछि ब्लकमेल गरेर वेबक्याम नांगो हुन बाध्य पारेको
बताइएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार ग्यारीको
कम्प्युटरमा ३ हजार महिलाको नग्न र अर्धनग्न तस्वीर भेटिएको छ । अमेरिकी
खुफिया एजेन्सी एफबीआईले कथित ब्लाकमेललाई ‘सेक्सोटोर्शन’ नाम दिएको छ
।-बीबीसी
1 comments
Write Down Your Responses

October 24, 2014 at 2:33 AM
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: