mainpageads

२७ इन्चको ट्याब्लेट कम्प्युटर बजारमा आउँदै

चिनिया कम्प्युटर निर्माता कम्पनी लेनोभोले २७ इन्चको ट्याब्लेट बजारमा ल्याउने भएको छ । ट्याब्लेटको दुनियामा नयाँ आयाम थप्दै लेनोभोले ४ जनाले एकैचोटी चलाउन मिल्ने विशाल ट्याब्लेट कम्प्युटर ग्याजेटप्रेमी माझ पस्किन लागेको हो ।
विश्वको सबैभन्दा ठूलो कम्प्युटर निर्माता मध्येको एक लेनोभोले ल्याउन लागेको यस ट्याब्लेटको आकार झण्डै टेबुल जत्रै हुनेछ ।
कम्प्युटरको दुनियामा निकै पि्रय बनेको व्यक्तिगत कम्प्युटर अर्थात् पिसीको ठीक विपरित लेनोभोको यो कम्प्युटर इन्टर पर्सनल वा अन्तरव्यक्तिगत हुनेछ । अर्थात् यो कम्प्युटर एक भन्दा बढिले एकैचोटी प्रयोग गर्न सक्नेछन् । लेनोभोले यो ट्याब्लेटको नाम आइडिया सेन्टर होरिजन टेबल पिसी राखेको छ ।
विन्डोस ८ अपरेटिङ सिस्टमद्धारा संचालित हुने यो ट्याब्लेट टेबलमाथि मज्जाले राखेर चलाउन सकिनेछ । टेबलमा यो ट्याब्लेट राखेपछि यसमा कुनै गेम खेल्दा चार तिरबाट ४ जनाले एकैचोटी खेल्न सक्छन् । यसको स्त्रिmनले एकै पटकमा दश वटा औँलाको स्पर्शको रेस्पोन्स गर्नसक्छ ।
२७ इन्चको यो ट्याब्लेटको तौल १५ पाउण्ड मात्र हुनेछ र यसको स्त्रिmनको आकार ८ वटा आइप्याड जोडेजत्रै हुन्छ । यसमा विभिन्न खालका रोचक गेम एप्लिकेसन समेत राखिएको छ ।
यो ट्याब्लेटमा औँलाले नै तस्वीर र भिडियो घुमाउन सकिन्छ, पाँचवटा औँलालाई स्त्रिmनमा छुवाएर फिजाउँदा तस्वीर छरिन्छन् भने औँलाहरु नजिक ल्याउँदा तस्वीर पनि केन्दि्रकृत बन्छन् ।
आउँदो गृष्मयाम सम्ममा यो ट्याब्लेट बजारमा पठाइसक्ने र यसको सुरुवाती मुल्य १ हजार ६ सय ९९ अमेरिकी डलरको हाराहारीमा हुने कम्पनीको भनाइ छ ।
स्मरण रहोस् यसअघि माइक्रोसफ्ट कम्पनीले ३० इन्चको पिसी सार्वजनिक गरेपछि त्यसले खासै चर्चा पाउन सकेन । त्यस्तै सोनी कम्पनीले पनि हालै २० इन्चको ट्याब्लेट बजारमा ल्याइसकेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts