mainpageads

कास्कीको लभ्लीडाँडामा वेवारिसे शव फेला

कास्कीको सराङकोट गा.बि.स.वडा नं-६, लभ्लीडांडामा अन्दाजी २० वर्षका एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।

पोखरा उपमहानगरपालिकासँगै जोडिएको लभ्लीडाँडाको प्लटिङ गरिएको स्थानपछाडि शालघारीको ५० फिट तल भीरमा चिलाउनेको रुखको फेदमा सोमबार शव भेटिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

लिवाईज लेखेको रातो हुट, चेक सर्ट, खैरो सेन्डो, कम्ब्याट पाईन्ट, खैरो जुत्ता, कालो मोजा लगाएको, उचाई ५ फिट ७ ईन्चका मृतकको शनाखत हुन सकेको छैन । शवको नजिकै खैलो रङको झोलामा लगाउने कपडा, मृतकको घांटीमा जुटको डोरी बांधेको भए पनि चुडिएको प्रहरीले जनाएको छ ।

घट्नाको प्रारम्भिक अनुसन्धान पूरा गरी मृतकको शव पोर्टमार्टमको लागी गण्डकी अस्पतालमा रखिएको छ । मृतकको शवको हालसम्म सनाखत हुन नसकेकोले प्रचार–प्रसार गरी दिनु अनुरोध गर्दै प्रहरीले तस्बिरसमेत सार्वजनिक गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts