‘बर्बाद’ मा बर्बाद भो जीयाको जवानी (भिडियो)
चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएका कारण चर्चामा आएकी नायिका जीया
केसीले आफ्नो यो छविलाई निरन्तरा दिने सोच अझै त्यागेकी छैनन् । उनले
‘एटीएम’ पछि अर्को एक चलचित्रमा पनि यस्तै दृश्य दिएर बजार तताउने तयारी
गरेकी छिन् ।
जीके
शर्माको निर्माणमा रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र ‘बर्बाद’ मा
नायिका केसीको उत्तेजक दृश्य देख्न सकिन्छ । चलचित्रमा नायिका केसी
व्यापारीको श्रीमतीको भुमिकामा देखिएकी छिन् । चलचित्रको कार्यकारी
निर्माता निरञ्जन संजेल, निर्माण नियन्त्रक गणेश भण्डारी रहेका छन् ।
व्यस्त समयका कारण समय दिन नसकेका व्यापारीका श्रीमतीले परपुरुषसँग आफ्नो यौन तृष्णा मेटाउने कथालाई सिनेमाले आफ्नो मुख्य बिषयबस्तु बनाएको छ । जीके शर्माको समेत मुख्य भुमिका रहेको यो चलचित्र प्रदर्शनको क्रममा छ । चलचित्रमा नायिका केसीले थुप्रै उत्तेजक दृश्य समेत दिएकी छिन् ।
यसैबिच
चलचित्रमा समावेश शिर्ष गीतलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।
बर्बाद बोलको आइटम गीतमा जीयाले निक्कै हट नृत्य गरेकी छिन् । दिपक शर्माको
संगीतमा तयार भएको यो गीतले सिनेमाको प्रमोशनमा समेत फाइदा पुग्ने
निर्माता शर्माको विश्वास छ ।
व्यस्त समयका कारण समय दिन नसकेका व्यापारीका श्रीमतीले परपुरुषसँग आफ्नो यौन तृष्णा मेटाउने कथालाई सिनेमाले आफ्नो मुख्य बिषयबस्तु बनाएको छ । जीके शर्माको समेत मुख्य भुमिका रहेको यो चलचित्र प्रदर्शनको क्रममा छ । चलचित्रमा नायिका केसीले थुप्रै उत्तेजक दृश्य समेत दिएकी छिन् ।

0 comments
Write Down Your Responses