गल्फ एयरले नेपाल उडान बन्द गर्दै
२५ पुस, काठमाण्डौ । खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ ।
नेपाल उडानमा घाटा भएपछि एयरलाइन्सले
आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो । हाल सातामा १४
उडान गरिरहेको गल्फ एयरले यही शुक्रबारदेखि सातामा पाँचवटा मात्र उडान
गर्दै छ ।
गल्फ एयरको उडान बन्द भएपछि बहराइन-काठमाण्डौ आवतजावत गर्ने नेपाली मजदुरहरुलाई असर गर्ने भएको छ ।
एयरलाइन्सले आफ्नो वेबसाइटमा एक सूचना
राख्दै नेपालका लागि अन्तिम उडान मार्च २४ मा हुने बताएको छ । गल्फ एयरले
नेपालसहित बंगलादेश र श्रीलंकाको उडान पनि बन्द गर्दै छ । एक महिना पहिले
मात्र उसले डेनमार्कको कोपनहेगन र इटलीको रोममा आफ्ना उडान बन्द गर्ने
घोषणा गरेको थियो ।
गल्फ एयरको नेपालस्थित जनरल सेल्स एजेण्ट
प्रेसिडेण्ट ट्राभलले भने त्रिभुवन बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ र
पार्किङ चार्ज महंगो भएकाले उडान बन्द गर्नुपरेको जनाएको छ ।


0 comments
Write Down Your Responses