mainpageads

आजको पञ्चाङ्ग र राशीफल = २०६९ साल पुस २५ गते बुधबार

आज विक्रमसंवत् २०६९ साल पुस २५ गते बुधबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी ०९, नेपाल संवत् ११३३, पौष कृष्णपक्ष (थिल्लागा), द्वादशी तिथि, प्रदोष व्रत, अनुराधा नक्षत्र, गण्ड योग, गर र वणिज करण, बृश्चिक राशीको चन्द्रमा, इटहरीमा आजको सूर्योदय – ६:४९:०३ बजे र सूर्यास्त – ५:१७:२२ बजे, राहुकाल मध्याह्न १ बजेर ०३ मिनेटदेखि मध्याह्नपछि १ बजेर २२ मिनेटसम्म ।

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खराब समय छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज मध्याह्नपूर्व राम्रो दिन छ । काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । मानसम्मान पनि प्राप्त हुने योग छ । सुखद यात्रा गर्ने अवसर जुट्ने छ । दाम्पत्य जीवन सुखमय रहनुका साथै सन्ततिपक्षबाट पनि सन्तोष प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफुलाई प्रतिष्ठा प्राप्त भए पनि साथीभाइ टाढिने सम्भावना छ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आजबाट समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ तर पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायिक क्षेत्र मध्यम रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ । राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशी खर्च हुनसक्छ तर मानसम्मान र प्रशंसा प्राप्त हुने लक्षण छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । शुभ कुराको संकेत मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ । पुरुषहरुले ससुरालीबाट र महिलाले माइतीपक्षबाट राम्रो सहयोग जुटाउन सक्छन् । सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ । अविवाहितहरुमा विपरीतलिंगीबाट सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन ठीकै मान्नुपर्छ । समयको ख्याल गर्नु होला । व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । मेवा मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रो रहेको छ । आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । शत्रुहरु पराजित हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खराब समय छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक ह्रास होला । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज राम्रो दिन छ । व्यापार गर्नेले पनि आज सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले व्यर्थमा विवाद गर्ने समय छ । विद्यार्थीभने मनोरञ्जनमा भुलिने छन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ । आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन् । आज यात्राको समय छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।



0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts