mainpageads

एक लाख बराबरको सुपारी प्रहरी नियन्त्रणमा

भद्रपुर,पुष २५ । अवैध ढङ्गले भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक लाख बराबरको सुपारी नियन्त्रणमा लिएको छ । जिल्लाको पूर्वी क्षेत्रको सतिघट्टा र नकलबन्दा क्षेत्रबाट मंगलबार भारततर्फ लैजाने क्रममा सीमा सुरक्षा बल बेसक्याम्प काँकडभिट्टाले सो मूल्य बराबरको २५ बोरा सुख्खा सुपारी बरामद गरेको हो । बरामद गरिएका सुपारी काँकडभिट्टास्थित भन्सार कार्यालयमा बुझाइने सीमा सुरक्षा बलको कार्यालय भद्रपुरले जनाएको छ । रासस


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts