दिल्ली सामूहिक बलात्कार पीडितको नाम सार्वजनिक
२२ पुस, काठमाडौं । दिल्लीको सामूहिक
बलात्कारको शीकार भएपछि मृत्यु भएका युवतीलाई विश्वभर भारतकी छोरी भनेर
चिनिन्छ । उनको बाबुको अनुमतीमा अब पीडित युवतीको नाम सार्वजनिक भएको छ ।
उनको नाम ज्योती सिंह पाण्डे भएको मिरर न्यूजले नजाएको छ ।
उनका ५३ वर्षीय बाबु बद्रीले भनेका
छन्-’हामी चाहन्छौं कि उनको वास्तविक नाम विश्वलाई थाहा होस् । मेरी छोरीले
केही गल्ती गरेकी छैन । आत्मरक्षा गर्दा गदै उनको निधन भएको छ । मलाई मेरो
छोरी प्रति गर्व छ ।’
उत्तर प्रदेशकी लक्ष्मी आफ्ना केटासाथीसँग
फिल्म हेरेर र्फकने क्रममा सामूहिक बलात्कारको शिकार भएकी थिइन । उनको
उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो । वलात्कारको घटनापछि भारतमा
वलात्कारीलाई फाँसी दिन माग गर्दै आन्दोलन चर्किएको छ ।
मृतकका बाबु बद्रीले वलात्कारीलाई
मृत्युदण्ड दिन माग गरेका छन् । उनले भने-’महिले म उनीहरुलाई आफ्नो आँखा
अगाडी देख्न चाहन्छु । म उनीहरुलाई फाँसी भएको सुन्न चाहन्छु । अरु केही
चाहिन्न ।’
‘बलात्कारी सबै बिहारी’
सामूहिक बालात्कारको घटनालाई लिएर महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेले बिहारीप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् ।
मराठी भाषामा दिएको भाषणमा उनले बलात्कार
गर्नेहरुको बारेमा प्रश्न नगरिएको भन्दै आक्रोस पोखेका छन् । उनले भने-’सबै
बलात्कार-बलात्कार भनेर चिच्याइरहेका छन् । तर, सबै बलात्कारी बिहारी छन्,
यो कसैले पनि भनिरहेका छैनन् ।’ उनले यसअघि महाराष्ट्रमा बिहारीहरुलाई
‘घुसपैठिया’ भनेपछि उनीविरुद्ध दिल्ली पुलिसले मुद्धा चलाएको छ ।


0 comments
Write Down Your Responses