mainpageads

इटहरीमा कोठी राखेर यौनधन्दा

इटहरी, पुस २२ - पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ। अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी-५ मा रहेको अफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ।

इटहरी र यस आसपासका धनाढ्य व्यक्ति, व्यापारी र उच्च पदस्थ कर्मचारीहरुको यौनतृष्णा मेटाउन सुरक्षित तवरले कोठी चलाउँदै आएकी दाहाल पक्राउ परेपछि यहाँ कोठीसमेत चलाउन थालिएको तथ्य बाहिर आएको हो ।

इटहरीको एकान्त होटल, भोटघाट होटल तथा रेस्टुरेन्ट र शोभा दाहालको कोठीबाट केही दिनको अन्तरालमा आठजना यौनकर्मी महिला र १० जना पुरुषलाई पक्राउ परेर प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामसरु मगरले जानकारी दिए।

कोठी सञ्चालक दाहालसहित पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही रु आठ हजार नगद धरौटी तोकेर तारेखमा रिहा गरेको पनि प्रहरी निरीक्षक मगरले जानकारी दिए।

इटहरीको केही स्थानमा संस्थागतरुपमा कोठी चलाएर अवैध धनआर्जन गर्ने महिलाको गिरोहसँग ठूला घरानाका व्यापारी, उच्च पदस्थ व्यक्तिको बढी आउजाउ हुने गरेकाले प्रहरीले त्यसलाई पनि कडा निगरानीमा राख्दै आएको छ।

भारतीय पुरुषहरुको यौनइच्छा पूरा गर्ने बजारका रुपमा पनि इटहरी अग्रणी स्थान बन्दै गएकाले इलाका प्रहरी कार्यालय इटहरीबाहेक अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीलेसमेत इटहरीका होटल लज र रेस्टुरेन्टहरुमा छड्के जाँचलाई तीव्रता दिन थालिएको छ। रासस


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts