mainpageads

आजको पञ्चाङ्ग र राशीफल -२०६९ साल पुस २२ गते आइतबार


आज विक्रमसंवत् २०६९ साल पुस २२ गते आइतबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी ०६, नेपाल संवत् ११३३, पौष कृष्णपक्ष (थिल्लागा), नवमी तिथि, चित्रा नक्षत्र, सुकर्मा योग, गर र वणिज करण, तुला राशीको चन्द्रमा।
                              
                                                                      
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने समय छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । दक्षिण वा पश्चिम दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ ।



0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts