mainpageads

ब्वाईफ्रेण्डबाट खोसेर युवतीमाथि रातभर सामूहिक बलात्कार

 पुस, झापा । महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
दमक-९ स्थित हिमालय चियाबगान भित्र १९ वर्षीया युवतीलाई गएराति स्थानीय चार जना युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने दमक ९ का सचिन भट्टराइ, सन्दीप भट्टराई र आशिष दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक भने फरार छन् ।
‘आफ्ना प्रेमीसँग हाइवेमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएर बलात्कार गरेका रहेछन्’ दमकका प्रहरी निरीक्षक हरी खतिवडाले अनलाइनखबरसँग भन्नुभयो-’उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुग्यो । बाहिरिँदै गरका उनीहरुलाई पक्राउ गरेका छौं ।’
युवतीलाई नियन्त्रणमा लिने क्रमा उनीहरुले प्रेमीलाई मरनासन्न हुनेगरी कुटपिट गरेका थिए । साँझ ७/८ बजेतिर युवतीलाई नियन्त्रणमा लिएका उनीहरुले पालैपालो रातभर बलात्कार गरेका थिए । विहान करिव ३/४ बजेतिरमात्र प्रहरीले उद्धार गरेको थियो ।
उनीहरुलाई बजरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । युवतीलाई उपचारपछि अहिले प्रहरी संरक्षणमा राखिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts