mainpageads

मोटो हुनुहुन्छ ?-रक्सी धेरै नखानुस्

काठमाडौ, पुस १९ - आफ्नो तौल घटाउन चाहने मोटो व्यक्तिहरुले रक्सी खाँदा पनि ध्यान दिनुपर्नेछ । किनकि, उनीहरुले खाने रक्सीमा हुने क्यालोरिको मात्राले तौल झन् बढाउन सक्छ ।
बेलायतमा हालै गरिएको अध्ययन अनुसार धेरैलाई कुन रक्सीमा कति क्यालोरि हुन्छबारे जानकारी छैन् । उनीहरुले खाने बिभिन्न खाले रक्सीमा हुने क्यालोरि मानिसलाई चाहिने भन्दा बढी भए त्यसले तौल बढाउने सम्भावना बढी छ ।
मानिसले ठूलो गिलासमा रक्सी (वाइन) खाँदा उनीहरुको शरीरले पाउने क्यालोरी घटाउन उनीहरु घण्टौं दौडिनुपर्ने हुन्छ । क्यान्सर रिसर्च फण्डले गरेको अध्ययनमा संलग्न बिशेषज्ञहरुले रक्सी खाँदा आफूलाई आवश्यक पर्ने क्यालोरिको मात्रा हेरेर मात्र खान सुझाव दिइएको छ ।
मोटा व्यक्तिहरुले रक्सी खाँदा कम क्यालोरी हुनेखालको छान्नुपर्ने उनीहरुको सुझाव छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts