mainpageads

नेपाली सेनाका कर्णेल कुमार लामालाई दुई अभियोग

"नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले युद्धको क्रममा दुई जना मानिसलाई जानाजान यातना दिएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ"
काठमाडौ, पुस २१ - बिहीबार बेलायतमा पक्राउ परेको नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले युद्धको क्रममा दुई जना मानिसलाई जानाजान यातना दिएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
सुडानका लागि शान्ति मिसनमा खटिएका कर्णेल लामा बेलायतमा रहेको परिवार भेट्न ससेक्सस्थित आफ्नो घर पुगेका थिए । उनलाई बेलायती प्रहरीको प्रति आतंकदाबी व्यूरोको टोलीले पक्राऊ गरेको थियो । उनलाई तेस्रो पक्षले दिएको सूचनाको आधारमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
नेपालमा भएको सशस्त्र द्वन्द्वको क्रममा दुई व्यक्तिलाई जानीजानी यातना दिएको आरोप लागेको छ । सन् २००५ अपि्रल र मे महिनामा ती दुई व्यक्तिलाई यातना दिएको आरोप लगाइएको छ । उनीबारे थप अनुसन्धान गरी उनलाई वेस्टमिनिस्टर म्याजिस्टे्रट कोर्टमा उपस्थित गराइने प्रहरीको भनाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
लामालाई बेलायतको फोजदारी न्याय ऐन १९८८को धारा १३४ अन्तर्गत पक्राउ गरिएको हो । बेलायती प्रहरीमा भएका युद्ध अपराधसम्बन्धमा अनुसन्धान गरी बिशेषज्ञता हासिल गरेको टोलीले यसबारे छानबिन गर्छ । बेलायतको फौजदारी न्याय ऐनले युद्ध अपराध, यातनाजस्ता अपराध अभियोग लागेका व्यक्तिलाई बेलायती प्रहरीले पक्राउ गरी कारवाही गर्न सक्छ ।
नेपाली सेनाका बहालवाला कर्णेल बेलायतमा पक्राउ परेको प्रति नेपाल सरकारले यसअघि नै आपत्ति जनाइसकेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसलाई नेपाली स्वाधिनतामाथिको हस्तक्षेप भनी टिप्पणी गरेका छन् । सरकारले नेपालस्थित बेलायति राजदुत जोन टकनटलाई यसबारे बिरोध पत्र (प्रोटेस्ट नोट) बुझाइसकेको छ ।
बेलायती प्रहरीले यसअघि पनि बिभिन्न व्यक्तिलाई यस्तै अभियोगमा पक्राउ गरी कारवाही चलाइसकेको छ । कर्णेल लामा नेपालमै युद्ध अपराधमा दोषी ठहर
महासेनानी लामा पक्राउ परेको सेनाद्वारा पुष्टि


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts